Logo जेठ ३०, २०७८ आइतबार


एमाले कार्यदलको बैठक सिंहदरवारमा, ओलीले धोका दिनसक्ने नेपाल पक्षका नेताको आशंका

काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदलको बैठक अहिले बस्दैछ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा बस्ने बैठकमा एमालेको ओली र नेपाल दुवै पक्षका दोस्रो तहका नेताहरूको उपस्थिति रहेको छ ।

बैठकमा माधवकुमार नेपाल पक्षबाट नेपालसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट सहभागी हुनुभएको छ । यस्तै ओली पक्षबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लहाकार विष्णु रिमाल र गृहमन्त्री रामबहादुर थापा बादलको सहभागीता रहेको छ ।

हिजो बूढानीलकण्ठमा ओली र नेपालबीच भएको ‘वान टू वान’ वार्तामा २०७५ जेठ २ कै वरिपरिको एमाले रहने गरी सहमति खोज्ने र त्यसका लागि कार्यदल बनाउने सहमति भएको थियो ।

त्यहि सहमतिलाई कार्यान्वयन तहमा पुर्‍याउन दोस्रो तहकासहित नेताहरू छलफलमा जुटेका हुन् ।

यसअघि वरिष्ठ नेता नेपालले भर्चुअल बैठक मार्फत आफू पक्षका नेताहरुलाई ओलीसँगको आफ्नो वार्ताका विषयमा ब्रिफिङ गर्नुभएको थियो । छलफलमा सरिक भएका केन्द्रीय सदस्यमध्ये अधिकांशले ओलीले धोका दिन सक्छन् भनेर प्रश्न उठाएका थिए ।

ओलीले पटक पटक सम्झौता गर्ने पालना नगर्ने र त्यही कारण एकता भताभुंग हुन पुगेको प्रसंग उठाउदै नेताहरुले प्रष्ट ढंगले आफ्ना कुरा राख्नुपर्ने राय अघि सारेको एक नेताले जानकारी दिए ।

छलफलमा केही केन्द्रीय सदस्यले ओलीसँग सहमतिको कुनै तुक नरहेकाले आक्रोश, क्षोभ समेत प्रकट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।