Logo असार ४, २०७८ शुक्रबार


घरमै यसरी बढाउन सकिन्छ अक्सिजन लेभल

काठमाडौं । पछिल्लो समय जटिल खालका कोभिड संक्रमितहरू बढ्दै गएका छन् । अस्पतालहरुमा बेड तथा अक्सिजन अभाव हुदा संक्रमितको उपचारमा समस्या देखिन थालेको छ । यस्तो अवस्थामा कम जोखिम भएका बिरामीले घरमै बसेर उपचार गर्नु उपर्युक्त हुने विज्ञहरु बताउछन् ।

कोरोना संक्रमितमा देखिने जटिल समस्यामध्ये अक्सिजन लेभल घट्नु एउटा मुख्य समस्या हो । अक्सिजनको लेभल घरैमा पनि नाप्न सकिन्छ ।

अक्सिजनको मात्रा कम भए नभएको जानकारी दिने अक्सिपल अक्सोमिटर भन्ने औँलामा च्याप्ने मेसिन हुन्छ । यो मेसिनले अक्सिजनको मात्रा देखाउँछ । कोभिड संक्रमितमा ९५ भन्दा कम देखायो भने अक्सिजनको मात्रा कम भएको मानिन्छ । तर, उपचार नै गर्नुपर्ने अवस्था भने ९२ भन्दा कम भएपछि मानिन्छ । यस्तो अवस्थामा बिरामीको उपचार सुरु गर्नुपर्ने हुन्छ ।

यदि अक्सिजनको मात्रा ९२ भन्दा तल भएको अवस्था छ भने सम्भव भएसम्म अस्पताल लैजानु राम्रो हुन्छ । तर बेड नपाएर अस्पताल जान पाइएन भने डेक्सामिटासुन ६ एमजीको औषधि दिन सकिने बिपी प्रतिष्ठान धरानका मुटु तथा मिर्गौला रोग विशेषज्ञ डा. सञ्जीवकुमार शर्मा बताउनुहुन्छ ।

हुन त ठ्याक्कै ६ एमजीको ट्याब्लेट आउँदैन तर पोइन्ट ५ को ट्याब्लेट पाइन्छ । दिनको एउटाका दरले १२ वटा ट्याब्लेटसम्म खुवाउन सकिन्छ । तर यो औषधिले मधुमेहका बिरामीलाई भने असर गर्छ । यसले शरीरमा सुगरको मात्रा बढाउँछ । बोर्डरमा छ भने सुगर देखाउँछ । तर, सुगर कन्ट्रोल गर्न सकिन्छ ।

औषधि प्रयोग गर्न नरुचाउनेका लागि अक्सिजनको मात्रा बढाउने अर्को उपाय पनि छ । आधा घन्टा घोप्टो परेर सुतेर पनि अक्सिजनको मात्रा बढाउन सकिन्छ । यसलाई योगको भाषामा ‘प्राउन पोसिजन’ भनिन्छ । अर्थात आधा घन्टा दाहिनेतिर घोप्टो परेर सुत्ने आधा घन्टा देब्रेतिर घोप्टो परेर सुत्दा पनि अक्सिजनको मात्र बढाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…