Logo जेठ ३०, २०७८ आइतबार


सलमान खान अभिनित फिल्म ‘राधे’ लाई बहिस्कार

काठमाडौं । अभिनेता सलमान खान अभिनित पछिल्लो फिल्म राधेविरुद्ध बहिस्कार अभियान चलाइएको छ ।

इदको अवसरमा रिलिज भएको सलमान अभिनित राधेलाई सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले बहिस्कार अभियान चलाएका हुन् । फिल्म रिलिज भए लगत्तै चलाइएको ‘राधे फिल्मलाई बहिस्कार गरौं’ ह्याट्याग भारतमा ट्वीटर ट्रेण्डिङको दोस्रो नम्बरमा परेको छ । राधे फिल्मका आलोचकहरुमध्ये केहीले यसको हिन्दू नामको विरोध गरेका छन् । तर अधिकांश आलोचकहरु स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतका समर्थकहर रहेका छन् । बलिउडमा विद्यमान ग्रुपिजम र सिण्डीकेट अन्त्य हुनुपर्ने भन्दै उनीहरुले सलमान अभिनित राधेलाई निशाना बनाएका हुन् ।

अहिले सीमित हल र डिजिटल प्लटेफर्ममा रिलिज भएको राधेले पहिलो दिन नै उत्साहजनक व्यापार गरेको छ । पहिलो दिन नै विश्वव्यापी रुपमा फिल्मले १ अर्ब १० करोड भारुको व्यापार गर्न सफल भएको बताइएको छ । डिजिटल प्लेटफर्मबाट मात्र पहिलो दिन ६४ करोड भारुको व्यापार भएको समाचारमा जनाइएको छ ।

तर फिल्म हेरिसकेपछि भने दर्शकहरु निराश हुनछन् । घिसिपिटी बासी कथा र फितलो प्रस्तुतिका कारण सलमानका प्रशंसकहरु नै निराश भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । फिल्मलाई अभिनेता तथा कोरियोग्राफर प्रभुदेवाले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।