Logo जेठ ३०, २०७८ आइतबार


त्रुटीपूर्ण शपथको अभियोगमा राष्ट्रपति र प्रधानमन्त्रीमाथि कारबाही गर्न माग

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार लिएको पद तथा गोपनीयताको शपथ त्रुटिपूर्ण भएको भन्दै सर्वत्र आवाज उठ्न थालेको छ ।

त्रुटिपूर्ण शपथलाई सच्याउन फेरि शपथ लिनुपर्ने धेरैको भनाइ छ । संविधानविद भीमार्जुन आचार्यले राष्ट्रपति र प्रधानमन्त्रीले जानीजानी राज्यविरूद्धको अपराध गरेको दाबी गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत आचार्यले तत्काल संसदको विशेष अधिवेशन आह्वान गरी राष्ट्रपति र प्रधानमन्त्रीमाथि कारबाही प्रक्रिया अघि बढाउन माग गर्नुभएको छ ।

संविधान र राष्ट्रको स्वाधीनतालाई गिज्याउनु राज्यविरूद्धको अपराध रहेको आचार्यको जिकिर छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि प्रधानमन्त्रीको शपथ त्रुटिपूर्ण रहेको भन्दै पुनः शपथ लिनु उपयुक्त हुने बताउनुभएको छ । उहाँले यसबारेमा राष्ट्रपतिको समेत ध्यानकार्षण गराउनुभएको छ ।

शुक्रबार शीतल निवासमा प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

शपथ लिने क्रममा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गर्न अस्वीकार गर्नुभएको थियो । त्यसपछि राष्ट्रपतिले प्रधानमन्त्रीको आदेश पालना गर्दै शपथ अगाडि बढाउनुभएको थियो ।

संविधानको अनुसूचीमा शपथको ढाँचा यस्तो छ :

 

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…