Logo जेठ ३०, २०७८ आइतबार


टिकटक छोड्नुहोस् र नेपालकै ‘थोप्ला’ मा रमाउनुहोस्

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ ।

चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला केही दिन अघि सार्वजनिक गरिएको हो । तर हालका लागि यो एपको बेटा भर्सन मात्र सार्वजनिक भएको छ ।

एलको कम्पनीले नेपालमा आफ्नै टिकटक अर्थात् थोप्ला नामक भिडियो शेयरिङ एप संचालनमा ल्याएको हो । यस एपमा १५ सेकेण्डदेखि १ मिनेटसम्मको भिडियो अपलोड गर्न मिल्ने कम्पनीका प्रबन्ध निर्देशक उज्वल खनालले बताउनुभयो । कम्पनीका अनुसार प्रयोगकर्ताको डाटा सुरक्षामा समेत विशेष ध्यान दिइएको यो एप मनोरञ्जक हुनुका साथै प्रयोग गर्न समेत सहज रहेको ।

पछिल्लो समय युवा पुस्तामा मात्र नभइ हरेक उमेरका व्यक्तिमा देखिएको लोकप्रियतालाई मध्यनजर गर्दै नेपालमा आफ्नै टिकटक सरह एप निर्माण गरिएको खनालले बताउनुभयो ।

थोप्ला एपको धेरै विशेषता टिकटकसँग मेल खाने खालको रहेको छ । तर आगामी दिनमा अझै प्रभावकारी बनाउने कम्पनीको योजना रहेको खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…