Logo असार ४, २०७८ शुक्रबार


‘प्रधानमन्त्रीमा नियुक्त भएसँगै ओली फेरिए, जेठ २ मा फर्कन अनिच्छुक’

काठमाडौं । नेकपा एमालेका खनाल–नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली जेठ २ मा फर्कने कुराप्रति गम्भीर नहरेको निष्कर्ष निकालेको छ ।

शनिबारको जुम मिटिङमा सहभागी नेताहरुले ओलीले २०७५ जेठ २ मा फर्कन इन्कार गरेको निष्कर्ष निकालेका हुन् ।

शुक्रवार साँझ सिंहदरवारमा बसेको कार्यदल गठनबारेको छलफलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पनि बोलाइएकोमा खनाल नेपाल पक्षले आपत्ति जनाएका हुन् । एमालेको आन्तरिक विवादबारेको छलफलमा गृहमन्त्री बादललाई बोलाएर प्रधानमन्त्री ओलीले २०७५ जेठ २ मा फर्कन इन्कार गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह सशंकित बनेको हो । शनिबारको जुम मिटिङमा खनाल–नेपाल पक्षका केन्द्रीय सदस्यहरूले गैर एमाले नेतालाई सहभागी गराइएको भन्दै चर्को आवाज उठाएका हुन् ।

जुम छलफलमा बादललाई समेत राखेर कार्यदल गठन र विवाद साँघु¥याउन खोजेपछि ओली सुध्रने संकेत नदेखिएको केन्द्रीय सदस्यहरूले निष्कर्ष निकालेका हुन् ।

बादललाई सहभागी गराएर ओली जेठ २ मा फर्कने कुराप्रति संवेदनहीन बनेको केन्द्रीय सदस्यहरूले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…