Logo असार १, २०७८ मंगलबार


ठाकुर पक्षका नेताहरुमाथि अनुशासन कारवाही गर्ने जसपाको तयारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुमाथि अनुशासन कारवाही गर्ने तयारी गरेको छ ।

यादव पक्षको शनिवार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा ठाकुर पक्षका नेताहरुमाथि अनुशासन कारवाही गर्नेबारे छलफल भएको हो ।

ठाकुर पक्षले पार्टीको विधान विपरीत संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको प्रचार गरिनु अनैतिक कदम भएको बैठकले ठहर गरेको छ ।

बैठकपछि यादव पक्षका सांसद रामबाबु यादवले संसदीय दलको विधान नै नबनेको अवस्थामा दलको नेता चयन गर्नेहरु कारवाहीको भागीदार हुने बताउनुभयो ।

संसदीय दलको बैठक बसेर निर्वाचन समिति बनाइ विधान पास गरेर प्रक्रियागत हिसाबले मात्रै दलको नेता छानिने बताउदै यादवले सांसदहरुलाई थाहै नदिई कोही संसदीय दलको नेता हुन नसक्ने जिकिर गर्नुभयो ।

पार्टी हित र विधान विपरीत ठाकुर पक्ष अगाडि बढेको आरोप लगाउँदै गल्ती नसुधारे पार्टीबाट कारवाही गरिने यादवले बताउनुभयो ।
यसअघि ठाकुर पक्षले शनिवार पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक नबोलाइएको दाबी गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।