Logo असार १, २०७८ मंगलबार


इजरायलको हवाइ आक्रमणबाट अलजजिरा र एपीको कार्यालय ध्वस्त

काठमाडौं । इजरायलको सुरक्षा बलको हवाइ आक्रमणबाट अमेरिकी मिडिया एसोसिएट प्रेस (एपी) र अलजजिरा टेलिभिजनको कार्यालय ध्वस्त भएका छन् ।

सुरक्षा बलकोले शनिवार साँझ गरेको रकेट आक्रमणबाट अन्य केही सञ्चार संस्थाका कार्यालय समेत ध्वस्त भएको समाचारमा जनाइएको छ । ती कार्यालयहरु रहेको १२ तले भवन (गाजा टावर) लाई इजरायली सुरक्षा बलले ध्वस्त बनाएका हुन् ।

इजरायली सुरक्षा बलले आक्रमणबाट केही समय पहिले नै ती भवनहरु खाली गराउन चेतावनी दिएको थियो । चेतावनी दिएको ठीक एकघण्टापछि मात्र ती भवनहरुमा आक्रमण गरिएको सरक्षा बलले जनाएको छ ।

ती भवनहरुमा इजरायली सेनाका फाइटर प्लेनहरुले बम आक्रमण गरेका थिए ।

सञ्चार संस्थाका कार्यालय भवनमा आक्रमण गरिएकोमा इजरायली सुरक्षा बलको चौतर्फी आलोचना भएको छ । तर इजरायली सुरक्षा बलले भने उक्त गाजा टावरमा आतंकवादी संगठन हमासको पनि कार्यालय रहेको दाबी गरेको छ ।

हमासले सञ्चार माध्यमका कार्यालयहरुलाई सुरक्षाकवज बनाइरहेको इजरायलले प्रष्ट पारेको छ ।

इजरायल र हमासबीचको जारी युद्धमा अहिलेसम्म १२६ जनाको ज्यान गएको छ । जसमा केटाकेटी र महिला समेत रहेका छन् ।

मारिनेमा ९ जना इजरायली छन् भने बाँकी सबै प्यालेस्टाइनका नागरिक रहेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…