Logo जेठ ३०, २०७८ आइतबार


अक्सिजन उद्योग र अस्पतालमा चौबिसै घन्टा विद्युत आपूर्ति

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अक्सिजन अस्पताल र उत्पादन गर्ने उद्योगलाई चौबिसै घन्टा विद्युत आपूर्तिका लागि वैकल्पिक व्यवस्था गरेको छ। अस्पताल र अक्सिजन उद्योगहरूको विद्युत् प्रसारण तथा वितरण हुने सम्पूर्ण फिडरलाई अधिकतम सतर्कको सूचीमा वर्गीकृत गरी वैकल्पिक व्यवस्था गरेको हो ।

वर्तमान अवस्थामा अस्पताल र अक्सिजन उद्योगको संवेदनशीलतालाई विशेष ध्यान दिँदै विद्युत् आपूर्तिका लागि वैकल्पिक फिडरसमेत तयार गरिएको प्राधिकरणले जनाएको छ।

अक्सिजन उद्योगहरू रहेका ककनी, हरिसिद्धि, बुटवल, सिमरा, जनकपुर, विराटनगर लगायतका स्थानमा नयाँ वैकल्पिक फिडरहरू जडान गर्ने काम सम्पन्न भएको प्राधिकरणको भनाइ छ। कोरोना संक्रमणको दोस्रो लहर देखिनासाथ अक्सिजन उद्योग तथा अस्पतालमा विद्युत् आपूर्ति हुने फिडरहरूको पहिचान गरी समस्या आउन नदिन आवश्यक व्यवस्था गर्न देशभरका वितरण केन्द्रलाई निर्देशन दिइएको र सम्बन्धित वितरण केन्द्रहरूले सोही अनुसार प्रबन्ध गरेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिनुभयो

‘अहिले अस्पताल र अक्सिजन उद्योगमा विद्युत् आपूर्तिको समस्या छैन, उहाँले भन्नुभयो, वैकल्पिक व्यवस्था गरिएकाले समस्या आउन दिने छैनौं ।

अक्सिजन उद्योग तथा अस्पतालहरूमा निर्वाध विद्युत् आपूर्तिको लागि बागमती प्रादेशिक कार्यालयका प्रमुख श्रीरामराज पाण्डेको संयोजकत्वमा सहायता कार्यदल गठन गरिएको प्राधिकरणले जानकारी दिएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…