Logo जेठ ३०, २०७८ आइतबार


चलचित्र निर्देशक तथा गीतकार चेतन कार्कीकाे निधन

काठमाडाैं । चलचित्र निर्देशक, गीतकार तथा उपन्यासकार चेतन कार्कीको निधन भएको छ । आइतवार काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा उनको ८४ वर्षको उमेरमा निधन भएको हो ।

गत बैशाख १६ गते भारतको देहरादूनबाट काठमाडौं आउनुभएका कार्कीलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो ।​ उहाँको आइतवार विहान १० बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

‘विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी’ जस्ता फिल्मको निर्देशन गरेका उनले थुप्रै फिल्मको स्क्रिप्ट र गीत लेख्नुभएकाे छ । उहाँले कलाकार तथा निर्देशक नीर शाहको पहिलो फिल्म ‘परिर्वतन’ देखि स्क्रिप्ट लेखन सुरु गर्नुभएकाे थियाे ।

स्याङ्जामा जन्मिनुभएका कार्कीका प्रकाशित उपन्यासहरुमा ‘आत्मा बेचेको छैन, ढलेको गिलास र हनिमुन’ चर्चित छन् ।

कार्कीको श्रीमती र २ छोरा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।