Logo जेठ ३०, २०७८ आइतबार


कोरोना महामारी नियन्त्रणका लागि सबै शक्ति परिचालन गर्ने निर्णय

काठमाडौं । सरकारले नयाँ भेरियन्टसहितको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सबै शक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आइतवार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले देशको स्वास्थ्य प्रणालीलाई एकीकृतरूपमा महामारीविरुद्ध लगाउने निर्णय गरेको हो । त्यसका लागि स्वास्थ्य मन्त्रालय, प्रादेशिक अस्पताल, ती सबैलाई सञ्चालन गर्न हाल रहेको कानूनी जटिलतासमेत फुकाएर काम गर्ने निर्णय गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

खोपको तत्काल आपूर्तिको लागि सम्बन्धित निकायलाई निर्देशन दिएको पनि मन्त्री ज्ञवालीले बताउनुभयो । बैठकले देशभित्रका अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा चलाउने निर्णय गरेको छ । ती उद्योगलाई बिजुली महसुललगायतमा सहुलियत दिइने मन्त्री ज्ञवालीले बताउनुभयो । लिक्विड अक्सिजन ल्याउन भारतसँग आग्रह गर्ने पनि बैठकले निर्णय गरेको छ ।

सीसीएमसीको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित हुनुभएको थियो । प्रधानमन्त्रीले क्वीक रेस्पोन्स टिम बनाउन र हर हालतमा नागरिकको ज्यान बचाउने काममा लाग्नु निर्देशन दिनुभएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।