Logo जेठ ३०, २०७८ आइतबार


भारतको विभिन्न राज्यमा चक्रवात आँधी, चार जनाको मृत्यु

काठमाडौं । भारतको विभिन्न राज्यमा चक्रवात आँधी ताऊ तेका कारण जनजीवन प्रभावित भएको छ ।

खतरनाक मानिएको चक्रवात आँधी ताऊ तेका कारण गुजरात र महाराष्ट्र समेत पाँच राज्यको जनजीवन प्रभावित भएका छन् । अरब सागरमा बनेको उक्त आँधीबाट कर्नाटकको ६ जिल्ला बढी प्रभावित भएका छन् । कर्नाटक राज्यमा अहिलेसम्म आँधीका कारण ४ जनाको ज्यान गइसकेको छ । यी जिल्लाका अधिकांश क्षेत्रमा विगत २४ घण्टादेखि भारी वर्षा भैरहेको छ । यहाँ ९० किलोमिटर प्रतिघण्टाको गतिमा तीव्र हावाहुरी समेत चलिरहेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतको मौसम विभागका अनुसार आँधी गोवाको तटीय क्षेत्रबाट प्रवेश गरेको हो । आँधी र वर्षाका कारण कोरोना संक्रमितका लागि बनाइएका आइसोलेशन केन्द्रहरु बढी प्रभावित बनेका छन् । अहिले सबै संक्रमितहरुको उद्दार गरी सुरक्षित स्थानमा सारिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…