Logo जेठ ३०, २०७८ आइतबार


एमालेको विवाद टुङ्ग्याउन सुवास नेम्वाङ र भीम रावलको नेतृत्वमा कार्यदल गठन

काठमाडौं । नेकपा (एमाले) ले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि कार्यदल बनाएको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आइतबार सिंहदरबारमा भएको छलफलपछि कार्यदल बनाइएको हो । नेताहरु सुवास नेम्वाङ र भीम रावलको नेतृत्वमा कार्यदलको टुंगो लगाइएको हो ।

दुई नेताबीचको वार्तामा कार्यदल १० सदस्यीय रहने सहमति भएको छ ।

कार्यदलमा दुवै पक्षका ५–५ जना सदस्य रहने वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिनुभयो । जसमा माधव पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त र गोकर्ण विष्ट रहनुभएको छ । त्यस्तै ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहनुभएको छ ।

नेता नेपालले कार्यदललाई तीन दिनको समय दिने कुरा भएको बताउनुभयो । उहाँका अनुसार खाका तयार पार्ने जिम्मा कार्यादललाई नै दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…