Logo जेठ ३०, २०७८ आइतबार


जसपाका पदमुक्त चार सांसदद्वारा अदालतमा रिट दर्ता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका चार सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षको कारबाहीमा परी लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका चार सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।

मुख्यमन्त्री शंकर पोखरेलको सरकार जोगाएर विपक्षीको अविश्वस प्रस्तावको हस्ताक्षर फिर्ता लिएको भन्दै जसपाले चार सांसदलाई पदमुक्त गरेको थियो ।

जसपाको यादव पक्षको कारवाहीलाई आधार मानेर प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले १६ वैशाखमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यदव, सुमन शर्मा र कल्पना पाण्डेलाई पदमुक्त गर्नुभएको थियो ।

उनीहरुले उत्प्रेषणको आदेशबाट भएको प्रदेशसभाको कारबाही बदर गर्न माग गरेका छन् । अहिले उनीहरू चारैजना लुम्बिनी प्रदेशका मन्त्री छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…