Logo जेठ ३०, २०७८ आइतबार


कोरोनाभन्दा खतरनाक ‘ब्ल्याक फंगस’ भाइरसको संक्रमित बढ्दो, ६ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणको महामारी खेपिरहेको भारतको विभिन्न राज्यमा अर्को डरलाग्दो भाइरसको संक्रमण पाइएको छ ।

ब्ल्याक फंगस भनिएको उक्त संक्रमणबाट भारतका विभिन्न राज्यका धेरै जिल्ला प्रभावित बनेको समाचारमा जनाइएको छ । अत्यन्त खतरनाक मानिएको ब्ल्याक फंगसबाट पछिल्लो तीन दिनमा लखनाउसहित केही प्रदेशमा गरी ६ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोभिड अस्पतालमा ब्ल्याक फंगसका संक्रमितको संख्या पनि थपिदै गएका छन् । त्यसरी अस्पताल भर्ना भएकामा केहीको अवस्था गम्भीर रहेका छन् ।

चिकित्सकहरुका अनुसार रोग प्रतिरोधी क्षमता कमजोर भएकाहरुमा यो फंगसको संक्रमण हुने गरेको पाइएको छ ।

लखनाउस्थित झांसी महारानी लक्ष्मीबाई मेडिकल कलेजका चिकित्सक डा जितेन्द्रकुमार यादवले बताए–ब्ल्याक फंगसका संक्रमित विरामीहरुको शारीरिक अवस्था अत्यन्त कमजोर रहेको पाइएको छ । उनीहरुको प्रतिरोधी क्षमता पनि कमजोर हुने गरेका छन् । प्रतिरोधी क्षमता कमजोर भएका कारण इन्फेक्सन बढेर संक्रमितको मृत्यु हुने गरेको उनले बताए ।

ब्ल्याक फंगसबाट कोरोनाका संक्रमितहरुलाई बढी खतरा रहेको चिकित्सकहरु बताउछन् । यस्तै आइसीयुमा उपचार गराइरहेका,मधुमेहका विरामी,क्यान्सरका रोगी र मृगौला प्रत्यारोपण गरिएका व्यक्तिमा ब्ल्याक फंगस हुने सम्भावना बढी रहेका छन् ।

यी हुन् ब्ल्याक फंगसका ६ लक्षण

१. ज्वरो आउने, ताउको दुख्ने,खोकी लाग्ने र सास फुल्ने

२. नाक बन्द हुने वा नाकबाट रगत बग्ने

३. आँखा दुख्ने,सुन्निने वा दृष्टि कमजोर हुँदै जाने

४. अनुहारको कुनै भागमा दुख्ने र सुन्निने

५.दाँत दुख्ने, हल्लिने वा चपाउन मुस्किल हुने

६. बान्ता गर्दा अथवा खोक्दा रगत देखिने ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।