Logo जेठ ३०, २०७८ आइतबार


माहामारी नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध उच्च अदालतमा रिट दायर

सुर्खेत । कोभिड माहामारीको समयमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै कर्णाली सरकारविरूद्ध उच्च अदालतमा रिट दायर गरिएको छ ।

अधिवक्ता गणेश वलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कर्णाली प्रदेश अस्पताललाई विपक्षी बनाएर उच्च अदालत सुर्खेतमा आइतबार रिट दायर गर्नुभएको छ ।

कोभिड संक्रमणको दोस्रो भेरियन्ट समुदाय स्तरमा फैलिएसँगै कर्णालीमा मृत्यु दर उच्च देखिएको अवस्थामा पनि प्रदेश सरकार र प्रदेश अस्पतालले संक्रमण रोकथाममा लापर्वाही गरेकाले रिट दर्ता गराएको अधिवक्ता वलीले बताउनुभयो । नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा ३५ मा व्यवस्था गरिएको स्वास्थ्यसम्बन्धी हकलाई आधार बनाएर रिट दर्ता गरेको वलीले जानकारी दिनुभयो ।

आइतबार दायर रिटमा नेपालको संविधानविपरित नागरिकको स्वास्थ्यमा खेलबाड गरिएको उल्लेख छ ।

जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ३ मा पनि संक्रामक रोगहरुको निशुल्क उपचार गर्ने व्यवस्था गरिएको छ । तर कर्णाली सरकार भने नागरिकको स्वास्थ्य अधिकारबाट पन्छिन खोजेको अधिवत्ता वलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।