Logo असार ४, २०७८ शुक्रबार


कोरोना संक्रमणको तीनदिनको रिपोर्ट : के नेपालमा कोरोनाको दोस्रो लहरको संक्रमण घट्दै गएको हो ?

काठमाडौं । नेपालमा कोरोनाभाइरसका दैनिक संक्रमितको संख्या घट्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरण अनुसर पछिल्ला तीन दिनमा कोरोना संक्रमितको संख्या ओह्रालो लागेको छ । संक्रमण दर पनि घटेको छ।

मन्त्रालयका अनुसार आइतवार ७ हजार ३ सय ६८ जना संक्रमित थपिएका छन् । यो संख्या शनिबारभन्दा कम हो।
आइतबार १९ हजार पाँच सय ३९ जनाको पिसिआर परीक्षण र तीन सय ४४ जनाको एन्टिजेन्ट परीक्षण गरिएको थियो।

शनिबार १८ हजार पाँच सय ४८ परीक्षण गर्दा संक्रमितको संख्या ८ हजार १ सय ६७ थियो। त्यसभन्दा अघि गत शुक्रबार नयाँ संक्रमितको संख्या ८ हजार पाँच सय २० थियो।

पछिल्लो समय कोरोना संक्रमितहरू निको हुने संख्या पनि बढ्दै छ।

आइतबार ६ हजार ६ सय ४८ जना निको भएर घर फर्केको मन्त्रालयले जनाएको छ।

शनिबार पाँच हजार ४ सय ५५ जना कोरोना संक्रमित निको भएर घर फर्केका थिए भने शुक्रबार छ हजार १ सय ६५ कोरोना संक्रमित निको भएका थिए।

सरकारले अब बिस्तारै अवस्थामा सुधार आउने बताएको छ । आइतवारको सीसीएमसीको बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमितको अवस्थामा सुधार हुने देखिएको बताउनुभएको हो ।

तर विज्ञहरूले भने दुई–चार दिनको तथ्यांक हेरेर नेपालमा कोरोना भाइरसको दोस्रो लहर ओह्रालो लागेको निष्कर्ष निकाल्नु हतार हुने बताएका छन् ।

संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले पछिल्लो अवस्थाले सकारात्मक संकेत देखिए पनि अहिले नै कुनै निष्कर्षमा पुग्न नसकिने बताउनुभयो ।

अहिले मानिसहरू घरबाहिर निस्कन नपाएकाले संक्रमण घटेको हुन सक्ने डाक्टर पुनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…