Logo असार ४, २०७८ शुक्रबार


कपिलवस्तुको जस्मिन हस्पिटल बन्द गर्न निर्देशन

कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा रहेको जस्मिन हस्पिटलको सेवा प्रवाहलाइ बन्द गर्न स्थानीय सरकारले निर्देशन दिएको छ ।

आइतवार शिवराज नगरपालिका चन्द्रौटाले जस्मिन हस्पिटल प्रालिलाई सेवा बन्द गर्न निर्देशन दिएको हो । हस्पिटलले विरामी र सेवाग्राहीबाट बढी रकम असुली गरेको भन्ने जनगुनासो आएपछि सरोकारवाला निकायले अनुगमन गर्दा केहि कागजात नभएको भन्दै हस्पिटल बन्द गर्न निर्देशन दिएको शिवराज नगरपालिकाले जनाएको छ ।

इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख नेत्रप्रसाद शर्माको नेतृत्वमा अनुगमन टोलिले आइतवार हस्पिटलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा एनएमसी नम्बर नभएको, मूल्य सूचि नराखेको, खरिद बिल खरिद खाता नराखेको, विक्री बिल जारी नगरेको, फार्मेसीमा फर्माष्टिस नराखेको, म्याद गुज्रिएको औषधि स्टोर नगरिएको, खरीद मूल्य र एमआरपीसँग समाजस्यता नरहेको र अत्यधिक बढी मूल्यमा औषधि विक्री गरेको पाइएकाले हस्पिटल बन्द गर्न निर्देशन दिएको नगरपालिकाले जनाएको छ ।

हस्पिटलमा तीन जना विरामी भर्ना रहेकोले तीन दिन भित्र डिस्चार्ज गरि बन्द गर्न निर्देशन दिइएको इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…