Logo जेठ ३०, २०७८ आइतबार


प्रधानमन्त्री ओलीसहित एमाले नेताहरूद्वारा बल्खुस्थित मदन–आश्रितकाे शालिकमा माल्यार्पण

काठमाडौं । २८ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरु बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा भेला भएर मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन् । स्मृति दिवसकाे अवसरमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन–आश्रितकाे शालिकमा माल्यार्पण गर्नुभयाे ।

यस्तै, एमाले उपाध्यक्ष बामदेव गौतम, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेताहरु सुभाष नेम्वाङ, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायतले मदन–आश्रितकाे शालिकमा माल्यार्पण गर्नुभयाे ।

विगतमा एमालेले मदन–आश्रित स्मृति दिवसको अवसरमा पार्टीले विशेष कार्यक्रम आयोजना गर्ने गरेकाेमा यसपटक  कोरोना संक्रमणको महामारी तथा यसबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएका कारण सीमित संख्यामा भेला भएर स्मृति दिवस मनाएको छ ।

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…