Logo असार ४, २०७८ शुक्रबार


कोरोना संक्रमणका कारण प्रा राजेन्द्र सुवेदीको निधन

काठमाडौं । कोरोना संक्रमणका कारण प्रा राजेन्द्र सुवेदीको निधन भएको छ। शहीद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचाररत उहाँको सोमबार बिहान निधन भएको नेपाल प्रज्ञा–प्रतिस्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले जानकारी दिनुभएकाे छ।

‘गुरु प्राध्यापक राजेन्द्र सुवेदीको आज मिति २०७८ जेठ ३ गते सोमबार बिहान ५ बजे कोरोना सङ्क्रमणबाट ७६ वर्षको उमेरमा निधन भएको समाचारले स्तब्ध र मर्माहत छुु, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएकाे छ, ‘हामीजस्ता धेरै शुभेच्छुक र चिकित्सकहरूको अथक प्रयत्न रहॅदा रहॅदै पनि उहाँलाई जोगाउन सकिएन।’

कवि तथा समीक्षक रमेश शुभेच्छुका अनुसार सुवेदीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

समालोचक, निबन्धकार तथा कवि सुवेदी त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका पूर्वप्रमुख समेत रहनुभएकाे थियाे ।

विसं. २००२ मा पाँचथरमा जन्मिनुभएका प्रा सुवेदीका कविता, समालोचना, निबन्धलगायतका दुई दर्जन बढी पुस्तक प्रकाशित छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…