Logo जेठ ३०, २०७८ आइतबार


महिला च्याम्पियन्स लिगकाे उपाधि बार्सिलाेनालाई

एजेन्सी। चेल्सीलाई ४–० गोलअन्तरले पराजित गरी बार्सिलोनाले पहिलोपल्ट च्याम्पियन्स लिगको उपाधि उचालेको छ । महिलातर्फको च्याम्पियन्स लिग जित्ने बार्सिलोना पहिलो स्पेनिस क्लब पनि हो ।

गुटेनवर्गमा भएको फाइनलमा बार्सिलोनाले इंग्लिस प्रतिद्वन्द्वीमाथि ३६ मिनेटको अन्तरमा ४ गोल गरेको थियो ।

चेल्सी ३३ सेकेण्डमै पछि परेको थियो । मेलान लेउपोल्जले बल क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा गोल गर्न पुगेपछि बार्सिलोनाले उपहार गोलमार्फत अग्रता बनायो । १४ औं मिनेटमा एलेक्सिया पुटेल्लासले पेनाल्टीमार्फत दोस्रो गोल गरिन् ।

२० औं मिनेटमा एटियाना बोनमाटीले शानदार मुभमार्फत तेहेरो अग्रता बनाउँदा ग्राहम हान्सेनले ३६ औं मिनेटमा ४–० को अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा केहि सुधारिएको प्रदर्शन गरे पनि चेल्सीले खेलमा पुनरागमन गर्न सम्भव थिएन ।

बार्सिलोना महिला र पुरुषतर्फ च्याम्पियन्स लिग जित्ने पहिलो क्लबसमेत बनेको छ । सँगै च्याम्पियन्स लिगको फाइनलमा सबैभन्दा धेरै गोलअन्तरको जित निकाल्ने कीर्तिमानसमेत बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।