Logo जेठ ३०, २०७८ आइतबार


‘लोकतान्त्रिक योद्धा’ सम्मान श्रेष्ठ र चित्रकारलाई प्रदान गरिने

काठमाडौं। प्रजातान्त्रिक विचार समाजले लोकतान्त्रिक योद्धा सम्मान समाजसेवीद्वय मैयादेवी श्रेष्ठ र कमल चित्रकारलाई प्रदान गर्ने भएको छ । समाजको तर्फबाट गठित छनोट समितिको बसेको जुम बैठकबाट विसं २०७७ को सम्मान श्रेष्ठ र विसं २०७८ को सम्मान चित्रकारलाई प्रदान गर्ने निर्णय गरेको हो ।

समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले नेपालको प्रजातान्त्रिक आन्दोलन र सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरूप दुई वर्षको सम्मान दुई जनालाई प्रदान गर्न लागेको जानकारी दिनुभयो । सम्मानको राशि जनही रु. २५ हजार र कदरपत्र रहेको छ । सो सम्मानका लागि समाजले १० लाखको अक्षयकोष स्थापना गरेको थियो ।

समाजको स्थापना दिवसका दिन अर्थात् जेठ ३ गते प्रदान गर्ने गरेको उक्त सम्मान कार्यक्रम विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीका कारण प्रदान गर्न नसकिने भएकाले दुवै सम्मान मुलुकमा सहज वातावरण बनेपछि विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने अध्यक्ष केसीले बताउनुभयो ।

विसं २०७२ सालदेखि प्रदान गरिँदै आएको लोकतान्त्रिक योद्धा सम्मानबाट यसअघि कुलबहादुर गुरुङ, इन्द्रकान्त मिश्र, चक्रप्रसाद बाँस्तोला, पुरुषोत्तम बस्नेत र नूतन थपलिया सम्मानित भइसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…