Logo जेठ ३०, २०७८ आइतबार


दासढुंगामा मदन–आश्रितप्रति श्रद्धाञ्जली व्यक्त

चितवन । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसमा श्रद्धाञ्जली व्यक्त गरिएको छ । दासढुङ्गामा औपचारिक कार्यक्रम नभए पनि उहाँहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिएको हो ।

नेकपा (एमाले) जिल्ला कमिटीले बिहान भरतपुर महानगरपालिका–२९ स्थित दासढुङ्गामा रहेको नेताद्वयको सालिकमा माल्यार्पण गर्नाका साथै एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली व्यक्त गरेको छ ।

कोभिड कहरका कारण औपचारिक कार्यक्रम गर्न नसकिए पनि नेताहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिएको एमाले जिल्ला अध्यक्ष पार्वती रावलले बताउनुभयो । उहाँका अनुसार न्यून सङ्ख्यामा पार्टीका नेता तथा जनप्रतिनिधिको उपस्थितिमा श्रद्धाञ्जली व्यक्त गरिएको हो ।

यसैगरी, मदन भण्डारी फाउन्डेशनले पनि श्रद्धाञ्जलि व्यक्त गरेको छ । फाउन्डेशनका वरिष्ठ उपाध्यक्ष शम्भु सुवेदी, प्रदेश कमिटी सदस्य शान्ति अधिकारी, जिल्ला सहसचिव तिलक रिमाल लगायतको उपस्थितिमा नेताद्वयको सालिकमा माल्यार्पण गर्नाका साथै एक मिनेट मौनधारण गरिएको हो ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो । आश्रितको शव सोही दिन दासढुङ्गास्थित त्रिशूली नदीमा फेला परेको थियो भने भण्डारीको शव जिल्लाकै गाजिपुरस्थित नारायणी नदीमा तीन दिनपछि फेला परेको थियो ।

फाउन्डेशनले दासढुङ्गा र गाजिपुरको विकासका लागि पहल गर्दै आएको छ । यी दुवै ठाउँलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न विभिन्न निर्माणका काम भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।