Logo जेठ ३०, २०७८ आइतबार


भारतले बनायो कोरोना भाइरसविरूद्धको पहिलो औषधी

काठमाडौं । भारतले कोरोना भाइरसविरूद्धको औषधी बनाएको दाबी गरेको छ।

भारतको डिफेन्स रिसर्च एन्ड डेभेलपमेन्ट अर्गनाइजेसन (डिआरडिओ) र डा रेड्डीज मल्टिनेसनल फर्मास्युटिकल कम्पनी (डिआरएल) ले कोरोना भाइरसविरूद्धको औषधी बनाएको दाबी गरेको हो ।

सोमबार भारतका रक्षामन्त्री राजनाथ सिंहले एक कार्यक्रम मार्फत् कोरोना विरूद्धको २–डिओक्सी–डि–गुल्कोज (२–डिजी) नामक औषधी सार्वजनिक गरेका हुन्। यसलाई विश्वकै पहिलो कोरोना भाइरसविरूद्धको औषधीको रुपमा भारतले दाबी गरेको छ ।

कार्यक्रममा मन्त्री सिंहले डिआरडिओ एवं डिआरएलद्वारा तयार गरिएको औषधि कोभिडका लागि सिद्ध हुने विश्वास व्यक्त गरे । यो औषधी आशाको नयाँ किरण भएको उनको भनाइ थियो ।

यो औषधी प्रयोग गरेमा कोरोना भाइरसका संक्रमित छिट्टै निको हुने गरेको उनले विश्वास छ। अरू उपचारको तुलनामा यो औषधी प्रयोग गर्ने संक्रमित साढे दुई दिन अघि नै निको हुने कुरा आफूलाई जानकारी गराइएको उनले बताए।

मलाई भनिएको छ कि यसको प्रयोग गरेका बिरामी सामान्य उपचार गरेकाभन्दा साढे दुई दिन अघि निको हुन्छन्। साथै, अक्सिजनको निर्भरता पनि लगभग ४० प्रतिशतले कम भएको छ ।

२–डिजी नामक यो औषधी अहिले पाउडर फर्ममा सार्वजनिक गरिएको छ । यसको व्यवसायिक उत्पादन भने ट्याबलेटकै रुपमा गरिने कम्पनीले जनाएको छ ।

भारत सरकारले यो नयाँ औषधिलाई वैकल्पिक थेरापीका रुपमा मध्यम देखि गम्भीर बिरामी परेका मानिसहरुमा प्रयोग गर्न सकिने बताएको छ ।

यसका साथै यो देशभर सर्वत्र उपलब्ध रहेको र सजिलै उत्पादन गर्न पनि सकिने हुँदा बिस्तारै यसको प्रयोग बढाइ हालको कोभिड आपतकाल खुकुलो पार्न सकिने पनि बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…