Logo असार १, २०७८ मंगलबार


उपनिर्वाचनमा एमालेबाट खड्का र गठबन्धनबाट पाण्डेयको उम्मेदवारी पक्का

काठमाडौं । जेठ १७ गते लुम्बिनी प्रदेश अन्तर्गत हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले चन्द्रबहादुर खड्कालाई नै उम्मेदवार बनाउने तयारी गरेको छ ।

माओवादीले एमाले प्रवेश गरेका कारण खड्कालाई कारबाही गर्दा उक्त स्थान रिक्त भएको थियो । तर एमालेले उपनिर्वाचनमा पुनः उहाँलाई नै उमेदवार बनाउने निर्णय गरेको एमाले प्रतिनिधि सभा संसदीय दलका सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

उप निर्वाचनका लागि उमेदवारी मनोनयन मंगलबार हुँदैछ ।

यता नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले भने दृगनारायण पाण्डेयलाई उमेदवार बनाउने भएको छ ।  पाण्डेयलाई नै उमेदवार बनाउने निर्णय भएको कांग्रेसका लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडियाले जानकारी दिनुभयो ।

वैशाख १९ गते एमाले प्रदेश सभा सदस्यबाट राजीनामा दिनुभएका पाण्डेय पछि काँग्रेस प्रवेश गर्नुभएको थियो ।

लुम्बिनीमा प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २९६ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।