Logo जेठ ३०, २०७८ आइतबार


सोमवार थप २५ सय अक्सिजन सिलिन्डर काठमाडौं आइपुग्ने

काठमाडौं । सोमवार थप २५ सय अक्सिजन सिलिन्डर काठमाडौं आइपुग्ने भएको छ ।

चीनबाट ल्याउन लागिएको २५ सय अक्सिजन सिलिन्डर सोमबार बेलुकी ७ बजेसम्म काठमाडौं आइपुग्ने बताइएको छ । अक्सिजन अभावका कारण धेरैले ज्यान गुमाउन थालेपछि सरकारले वाह्य मुलुकबाट अक्सिजन ल्याउन शुरु गरेको हो ।

मंगलबार र बुधबार थप १० हजार सिलिन्डर अक्सिजन काठमाडौं ल्याइने ललितपुरको कुपण्डोलस्थित रहेको बिध म्यानेजमेन्ट प्रालिले जनाएको छ ।

यसअघि पनि सरकारसँग समन्वय गर्दै कोरोना महामारीको पहिलो चरणदेखि नै अघि रहेको बिध म्यानेजमेन्टले पीसीआर ल्याब पनि संचालन गरेको छ । सरकारबाट ‘ए’ ग्रेडको मान्यताप्राप्त यस ल्याबमा दैनिक पीसीआर परीक्षण हुँदै आएको छ ।

अक्सिजन अभावका कारण देखिएको समस्या समाधानका लागि आगामी ८–९ दिनमै दिनमै करिब १० सेट अक्सिजन प्लान्ट आउँदै गरेको बि ल्याबले जनाएको छ ।

सरकारको सहयोगमा लिक्विड अक्सिजनसमेत ल्याउन आफूहरुले संयोजन गरिरहेको ल्याबका अध्यक्ष भीमकान्त भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…