Logo जेठ ३०, २०७८ आइतबार


कोभ्याक्स सुविधाको खोप चाँडै आपूर्ति गर्न राष्ट्रसंघलाई नेपालको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभ्याक्स सुविधाको खोप चाँडै आपूर्ति गर्न राष्ट्रसंघलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रसंघको नेपालस्थित आवासीय प्रतिनिधि सारा बेसोलो न्यान्तीसँगको भेटमा ओलीले चाँडो खोप आपूर्ति गर्न आग्रह गर्नुभएको हो ।

भेटमा राष्ट्रसंघीय दूत न्यान्तीले नेपालको पछिल्लो अवस्था, खोपको उपलब्धता र आवश्यकताबारे प्रधानमन्त्रीसँग जानकारी लिनुभएको थियो ।

भेटमा राष्ट्रसंघले खोप र स्वास्थ्य सामाग्री आपूर्तिका लागि गरेको पहलबारे न्यान्तीले ब्रिफिङ गर्नुभएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो ।

भेटमा राष्ट्रसंघले कोभ्याक्स सुविधाअन्तर्गतको खोप चाँडै नेपाल ल्याउन पहल भैरहेको न्यान्तीले जानकारी गराउनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…