Logo जेठ ३०, २०७८ आइतबार


नेपालमै बन्दैछ कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्ने ‘रोबो भ्यान’

काठमाडौं । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने नयाँ प्रविधि ‘रोबो भ्यान’को निर्माण भइरहेको छ ।

नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नाष्ट) को आर्थिक सहयोगमा धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) स्कुल अफ इन्जिनीयरिङका विद्यार्थीले उक्त भ्यान निर्माण गर्न लागेका हुन् ।

गत साल नै शुरु गरिएको रोबो भ्यान थप आर्थिक अभावका कारण रोकिएको थियो । तर हालै मात्र भ्यान निर्माणका लागि थप रकम आएको पछि निर्माण बाँकी काम शुरु गर्न लागिएको भ्यानका डिजाइनर अभिषेक कार्कीले बताए । नाष्टको पहिलो किस्ता रु तीन लाख ९५ हजारबाट निर्माण थालिए पनि समयमै दोस्रो किस्ता नआउँदा भ्यान निर्माणको काम रोकिएको थियो।

शव व्यवस्थापनमा नेपालमै पहिलो प्रविधियुक्त उक्त भ्यान निर्माणमा रु १० लाख लाग्नेछ । भ्यान निर्माणमा कार्कीसहित छजनाको अभियान्त्रिक कार्यशाला टोली संलग्नत छन् । कार्कीका अनुसार भ्यानको ९० र रोबोटको ७० प्रतिशत निर्माणको काम सकिएको छ।

रोबो भ्यानले कसरी काम गर्छ ?

रोबो भ्यानमा डिजिटल डिभाइसमार्फत् रोबोटले शव राख्ने र निकाल्ने गर्दछ । भ्यान प्रयोगमा ल्याइएपछि अस्पतालमा शव व्यवस्थापनका लागि पठाइने जनशक्ति कटौती हुनेछ।

गत वर्ष कोरोना सङ्क्रमणबाट मानिसको मृत्युदर उच्च बन्दै गएपछि मानिसले नछोई शव व्यवस्थापन गर्न सकिने रोबो भ्यान निर्माण थालिएको थियो। रिमोटबाट चल्ने सो भ्यानले मृत शरीरलाई अस्पतालको श्ययाबाट शव वाहनसम्म तथा शव वाहनबाट जलाउने स्थानसम्म लैजान सहयोग गर्नेछ। विशेषगरी अस्पतालमा मृत्यु भएकाको शव व्यवस्थापन गर्न रोबो भ्यान उपयुक्त हुने भ्यानका डिजाइनर कार्कीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…