Logo असार ४, २०७८ शुक्रबार


राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटालाई मतदान गर्न माओवादीको ह्वीप,बादल प्रतिगमनका मतियार

काठमाडौं । नेकपा माओवादी केन्द्रले वागमती प्रदेशअन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा विपक्षी गठबन्धनबाट साझा उम्मेदवारका रूपमा अघि सारिएका खिमलाल देवकोटालाई मतदान गर्ने भएको छ ।

सोमबार माओवादी केन्द्रले विज्ञप्ति जारी गर्दै देवकोटालाई जिताउन आह्वान गरेको छ ।

वागमती प्रदेश सहइन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल, र संसदीय दलका नेता शालिकराम जमकट्टेलले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संघीयता, गणतन्त्रका उपलब्धिहरुलाई नीतिगत ढंगले सुदृढ गर्ने स्थान राष्ट्रियसभामा यस विषयका विज्ञ, ज्ञाता र सक्षम व्यक्तित्व डा खिमलाल देवकोटालाई विजय गराउन हामी संघीयता पक्षधरहरुको दायित्व बन्न आउँछ, । त्यसैले वागमती प्रदेश सभाका सबै माननीय सदस्यहरु, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका सबै आदरणीय प्रमुखरअध्यक्ष र उपप्रमुख उपाध्यक्षलाई कलम चुनाव चिन्हमा मतदान गरी डा खिमलाल देवकोटालाई विजयी गराउन हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) वागमती प्रदेश समिति हार्दिक अनुरोध गर्दछ ।’

नेकपा माओवादीले नेकपा एमालेबाट उम्मेदवार बनेका रामबहादुर थापा ‘बादल’ लाई भने ‘प्रतिगमनकारी तत्वको मतियार भई गणतन्त्र, संघीयता र संविधान विरोधी गतिविधिमा लागेको’ आरोप लगाइएको छ ।

देवकोटालाई माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाको गठबन्धनले साझा उम्मेद्वारको रूपमा अघि सारिएको थियो । त्यसमा एमालेको माधव नेपाल पक्षले समेत समर्थन जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…