Logo असार ४, २०७८ शुक्रबार


एमालेका पुराना नेता मोदनाथ प्रश्रित कोरोना संक्रमण मुक्त

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका पुराना नेता मोदनाथ प्रश्रित कोरोना संक्रमण मुक्त हुनुभएको छ ।

काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत प्रश्रितलाई संक्रमण मुक्त भएसँगै सोमवार डिस्चार्ज गरिएको छ । हाल उहाँ थानकोटस्थित घरमा फर्किनुभएको छोरा डा विजयकुमार पौडेलले जानकारी दिनुभयो । श्वासप्रश्वासमा समस्या भएपछि मनमोहन अस्पताल स्वयम्भूमा भर्ना हुनुभएका प्रश्रितलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँलाई केही दिन अघि मात्र शिक्षण अस्पताल सारिएको थियो ।

यसअघि मुटुसम्बन्धी समस्या रहेका प्रख्यात लेखक प्रश्रित आगामी असार ६ गते ८० वर्ष पुग्दै हुनुहुन्छ ।

पछिल्लो कालमा राजनीतिभन्दा साहित्य र सांस्कृतिक फाँटमा सक्रिय रहँदै आएका छन्। २०२३ सालमा मदन पुरस्कारबाट सम्मानित प्रश्रित १९९९ सालमा अर्घाखाँचीमा जन्मिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…