Logo जेठ ३०, २०७८ आइतबार


एमाले कार्यदलको बैठक बस्नै मुस्किल, आजको बैठक पनि अनिश्चित

काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदललाई दिइएको समयसीमा बैठक नै नबसी घर्किदैछ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आइतबार भएको छलफल पछि गठन भएको कार्यदललाई तीन दिनभित्र विवाद समाधान गर्नेगरी प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको थियो । तर कार्यदलको बैठक एकपटक पनि बस्न सकेको छैन ।

नेताहरूको व्यवस्ताले सोमबार बैठक बस्न नसकेको बताइएको छ । आज मङ्गलबार पनि बैठक बस्ने सम्भावना न्यून रहेको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो । शङ्कर पोखरेल दाङ गएकाले आजको बैठकको सम्भावना टाढा भएको कार्यदलका संयोजक समेत रहेका नेम्वाङले बताउनुभयो ।

अनौपचारिक छलफल भने जारी रहेको बताउदै उहाँले अब बस्ने बैठकले एकैपटक टुङ्ग्याएर उठ्ने तयारी रहेको जानकारी दिनुभयो ।

खनाल–नेपाल समूहले २०७५ जेठ २ मै फर्कनुपर्ने बटमलाइनमा अडीग रहने बताएका छन् । उता ओली पक्षले भने जेठ २ बाट परिस्थिति निकै अघि बढिसकेकाले त्यहाँ पुग्न कठिन हुने बताइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…