Logo असार १, २०७८ मंगलबार


कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपप्रमुखको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको निधन भएको छ।

विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै मंगलवार मृत्यु भएको कञ्चनरुप नगरपालिकाका उत्तम आचार्यले जानकारी दिनुभयो ।

दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि चौधरीलाई स्थानीय स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो। एन्टिजेन परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई १० दिनअघि अस्पताल भर्ना गरी आइसीयूमा राखिएको थियो।

गर्भवतीसमेत रहेकी उनको पेटबाट तीन दिनअघि बच्चा पनि मृतावस्थामा निकालिएको थियो।

बच्चाका कारण पनि उनलाई थप असहज भएको स्वास्थ्यकर्मीको भनाइ छ।

उपचारका क्रममा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो। मृतक चौधरीका पति र सात वर्षीय एक छोरा छन्।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।