Logo जेठ ३०, २०७८ आइतबार


कोरोना संक्रमितका लागि काठमाडौं उपत्यकाका अस्पतालमा १०४० बेड खाली

काठमाडौं । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा १०४० बेड खाली रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले निजी तथा सरकारी अस्पतालले कोरोना संक्रमितको लागि बेड अभाव रहेको बताइरहँदा मन्त्रालयले सोमवारसम्म आइसोलेसन, आईसीयू र भेन्टिलेटर समेत गरी १०४० बेड खाली रहेको तथ्यांक सार्वजनिक गरेको हो ।

तथ्यांक अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको अस्पताल सहित उपत्यकाका सबै सरकारी अस्पतालहरु, धुलिखेल अस्पताल लगायतका सामुदायिक अस्पतालहरु एवं निजी अस्पतालमा गरी कुल २३८६ वटा आइसोलेसन बेड रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये हाल १६३६ जनामात्रै बिरामीहरु आइसोलेसनमा रहेको जनाएको छ ।

यस्तै उपत्यकामा २०२ वटा भेन्टिलेटर रहेको र त्यसमध्ये हाल १३३ वटा मात्रै बिरामी राखिएको तथ्यांकमा उल्लेख छ । आइसीयू, आइसोलेसन बेड र भेन्टिलेटर सहित कुल ३०५२ वटा बेडको क्षमता रहेका अस्पतालहरुमा कुल २०१२ जना बिरामी मात्रै राखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यस्तो छ मन्त्रालयको तथ्यांक सूची : 

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।