Logo जेठ ३०, २०७८ आइतबार


भारतमा शक्तिशाली ‘ताउ–ते’ आँधीको वितण्डा : १८ काे मृत्यु, जहाज डुब्दा १४६ जना बेपत्ता

एजेन्सी । अरब सागरमा विकसित ताउ–ते नामको अति शक्तिशाली चक्रवात सोमबार राति ८ बजे गुजरातमा बज्रिन आइपुगेको छ । अति शक्तिशाली चक्रवातका कारण आएको आँधीहुरी र भारी वर्षाका कारण भारतमा अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

सयौं घाइते भएका छन् भने आँधीका कारण फसेको भारतीय जहाज पी–३०५ समुद्रमा डुब्दा १ सय ४६ जना हराइरहेका बताइएकाे छ । विशेषगरी, भारतका कर्नाटक, गोवा, केरला र महाराष्ट्र राज्यमा मानवीय क्षति बढी भएको भारतीय सञ्चारमाध्यमकाे भनाइ छ ।

चक्रवातको असर भारतका मुम्बईलगायत विभिन्न स्थानमा परेको छ । त्यहाँका सयौं रूख ढलेका छन् भने विभिन्न सहर जलमग्न भएका छन् । अस्पतालमा उपचाररत कोरोना संक्रमितहरूको बिचल्ली भएको छ ।

ताउ–ते चक्रवातको प्रभाव नेपालमा पनि परेको छ । पश्चिमी न्यून चापीय प्रणालीसहित ताउते चक्रवातको प्रभावका कारण अहिले देशभरको मौसम बदली भएको छ ।

अप्रत्यक्ष असर नेपालमा पनि

अरब सागरमा विकसित भएको ‘टाउ टेई’ नामको शक्तिशाली चक्रवातको असर नेपालमा पाँच दिन पर्ने भएको छ । अहिलेकै समयमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित भई प्री–मनसुन थप सक्रिय भएकाले पनि नेपालमा सोमबारदेखि दोहोरो मौसमी असर सुरु भएको छ ।

चक्रवातले प्रत्यक्ष असर नपारे पनि भारत हुँदै आउँदा अप्रत्यक्ष असर बढी देखिने भएको हो ।

जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार सोमबारदेखि आउँदो शुक्रबारसम्म यस चक्रवातको हल्का असर नेपालमा पर्नेछ, शनिबारदेखि मौसममा सुधार हुँदै जानेछ ।

महाशाखाका अनुसार मङ्गलबारसम्म सामान्य रहने चक्रवातको असर बुधबारदेखि शुक्रबारसम्म भने अलिक बढी हुनेछ । बुधबारदेखि आकाश पूर्ण रूपमा बादलले ढाक्ने र विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…