Logo जेठ ३०, २०७८ आइतबार


ओली सरकारमा सहभागी नहुने जसपाको प्रष्टोक्ति, आफ्नै नेतृत्वको सरकार बनाउन पहल गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा तत्काल सहभागी नहुने भएको छ ।

ओलीलाई पुनः प्रधानमन्त्री बनाउन प्रमुख भूमिका खेलेको जसपाले सरकारमा सहभागी नहुने प्रष्ट पारेको हो । पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलवार संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिपक्षमा नै रहेर भूमिका खेल्ने जानकारी गराएका हुन् ।

तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने विज्ञप्तिमा भनिएको छ ।
आन्तरिक विवादमा फसेको जसपाको ठाकुर यादव पक्षले पार्टीलाई एकताबद्ध बनाउने विषयमा ७ बुँदा अघि सारेका छन् ।

पार्टीभित्र गुटबन्दी गर्ने, गुट–उपगुट खडा गर्ने र पार्टी नेताहरूका विरुद्ध भ्रम फैलाउने काम पनि बन्द गर्नुपर्नेमा उनीहरूको जोड छ ।

पार्टीको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बोलाउन जसपाका अध्यक्ष्यद्धय महन्थ ठाकुर र उपेन्द्र यादवबीच सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…