Logo जेठ ३०, २०७८ आइतबार


लुम्बिनी प्रदेशको उपनिर्वाचनमा पाण्डेय र खड्काको उम्मेदवारी

दाङ । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ।

एमालेका तर्फबाट चन्द्रबहादुर खड्का र कांग्रेस, माओवादी केन्द्र, जनता समजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दीर्घनारायण पाण्डेयले उम्मेदवारी दर्ता गराउनुभएको हो । दुवै उम्मेदवारले दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलवार उम्मेदवारी दर्ता गराउनुभएको हो ।

चार दलीय गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका पाण्डेय यसअघि एमालेका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य हुनुहुन्थ्यो । केही दिनअघि सांसद पदबाट राजीनामा दिएर नेपाली कांग्रेसमा प्रवेश गर्नुभएका उहाँलाई चार दलीय गठबन्धनले साझा उम्मेदवार बनाएका हुन् । यसैगरी एमालेका तर्फबाट उम्मेदवारी दिनुभएका खड्का यसअघि पनि राष्ट्रियसभा सदस्य उम्मेदवार थिए । माओवादीबाट निर्वाचित अर्घाखाँचीका उहाँलाई एमाले प्रवेश गरेपछि माओवादीले कारवाही गरेको थियो ।

यही १७ गते तय गरिएको उपचुनावमा लुम्बिनीमा प्रदेशसभा सदस्य र गाउँपालिका र नगरपालिकाका प्रमुख÷उपप्रमुख गरी २ सय ९६ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।