Logo जेठ ३०, २०७८ आइतबार


जसपाका अध्यक्षद्वयबीचको सहमति केही घण्टामै भंग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीचको सहमति केही घण्टामै भाँडिएको छ ।

अध्यक्षद्वय ठाकुर र यादवबीच आज राजेन्द्र महतोलाई दिइएको संसदीय दलको नेता पद फिर्ता लिने सहमति भएको थियो ।

सहमतिमा संयुक्त वक्तव्य दिएको केही घण्टामै ठाकुरले संसदीय दलको नेता महतो भएको पत्र संघीय संसद् सचिवालयमा पठाउनुभएको छ ।

पत्र संसद् सचिवालयमा १३७९ नम्बरमा आज दर्ता भएको छ । सचिवालय स्रोतका अनुसार संसदीय दलको विधान र दलको बैठकको माइन्युट पनि सम्लग्‍न छ।

३० बैशाखमा बसेको दलको बैठकले महतोलाई दलको नेतामा निर्वाचित गरेको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…