Logo जेठ ३०, २०७८ आइतबार


१२ वर्षसम्मका बालबालिका र नियमित महिनावारी हुने महिलालाई कोरोनाको जोखिम कम

काठमाडौं । कोरोना महामारीको संक्रमणको अवस्था नेपालमा अझै भयावाह अवस्थामै रहेको छ । हरेक दिन हजारौं संक्रमित थपिरहेका छन् । तर संक्रमणमुक्त हुनेको संख्या पनि बढ्दैछ ।

स्वास्थ्य निर्देशनहरुको पूर्ण पालना गरेर यो संक्रमण हुनै नदिनु सबैभन्दा बुद्दिमानी कार्य हो । तर यदि संक्रमित भैहाले पनि डराइहाल्नुपर्ने अवस्था नहुने विज्ञहरु बताउछन् । किनभने संक्रमण हुँदैमा सबैका लागि डरलाग्दो अवस्था नआउने उनीहरुको दाबी छ ।

भारतका पद्माभुषण पुरस्कारबाट विभूषित वरिष्ठ डाक्टर केके अग्रवालका अनुसार तुलनात्मक रुपमा ६ देखि १२ वर्षसम्मका बच्चाहरुलाई कोरोना भाइरस कम खतरनाक हुन्छ । यो उमेर समूहका बालबालिकाहरुलाई संक्रमण भएर ज्वरो आए पनि ४ दिनभित्रमा निको हुने सम्भावना अधिक रहन्छ । किनभने यस उमेर समूहका बालबालिकाको रोग प्रतिरोधी क्षमता बढी हुन्छ । त्यसैले यस उमेरका बालबालिकाहरुलाई संक्रमण भएमा नआत्तिन र सामान्य समयमा आउने ज्वरोमा जस्तै औषधी खुवाउन र उपचार गर्न उनको सुझाव छ ।

यस्तै नियमित महिनावारी हुने महिलाहरुमा पनि कोरोना भाइरस संक्रमण कम हुने डा अग्रवालको भनाइ छ । संक्रमण भएको एक या दुई दिनमा महिनावारी हुने महिला अझ छिटो संक्रमण मुक्त हुने उनको दाबी छ । यस्तो बेला ज्वरो आउने,बास्ना र स्वाद जाने लक्षण देखिए पनि महिनावारी भएको चार पाँच दिनपछि नै सुधार देखिन थाल्छ । तर शरीरमा अरु कुनै गम्भीर समस्या भएको अवस्थामा भने तुरुन्त उपचार गराउन उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।