Logo असार १, २०७८ मंगलबार


बादललाई मत दिने वचन होइन स्वविवेक प्रयोग गर्न दिने सहमति मात्र : नेपाल सचिवालय

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालको सचिवालयले राष्ट्रियसभाको निर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापालाई सघाउने वचन नदिएको प्रष्ट पारेको छ ।

मंगलवार दिउँसो भएको नेपाल र थापाबीचको भेटघाटमा सूर्य चिन्हधारी एमाले उम्मेदवार थापालाई सघाउने वचन नदिएको नेपालको सचिवालयले प्रष्ट पारेको हो ।

नेपालका स्वकीय सचिव मोहन गौतमले मंगलबार साँझ वक्तव्य जारी गर्दै दुई नेताबीचको भेटमा मतदातालाई स्वविवेक प्रयोग गर्न दिने कुरामा मात्र सहमति भएको जनाएको छ ।

नेता नेपालले अन्य दल समेतलाई सहमत गराएर आफूले डा खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकाले अहिले अन्यथा गर्न नसक्ने स्पष्ट पार्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि नेता नेपालले थापालाई सहयोग गर्ने आश्वासन दिनुभएको समाचार सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।