Logo जेठ ३०, २०७८ आइतबार


विराटनगरको अस्पतालमा चिकित्सकमाथि यसरी भएको थियो आक्रमण ( भिडियोसहित )

काठमाडौं । मोरङको विराटनगरस्थित विराट मेडिकल कलेजको शिक्षण अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात भएको दृश्य सार्वजनिक भएको छ ।

सोमबार राती अस्पतालको आकस्मिक कक्षमा उपचारमा खटिरहेका चिकित्सक डा सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि अज्ञात समूहले आक्रमण गरेको छ । आक्रमणकारी युवाहरु एकजना वृद्धलाई उपचार गराउन आएका थिए । तर ड्युटीमा खटिएका चिकित्सक सडक दुर्घटनामा घाइते भएर ल्याएका व्यक्तिको उपचारमा व्यस्त रहेकोले केही मिनेट पर्खन भने लगत्तै युवाहरुले एक्कासी चिकित्सक र कर्मचारीमाथि हातपात गरेको अस्पतालका कोभिड १९ फोकल पर्सन सुनील देवले बताउनुभयो । उनीहरुले आफूहरु स्थानीय भएको भन्दै हातपात गरेका थिए ।

आक्रमणबाट उनीहरु दुबैको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको अस्पतालका कोभिड १९ फोकल पर्सन सुनील देवले बताउनुभयो । आक्रमणबाट चिकित्सक रेग्मी र हेल्थ असिस्टेन्ट बस्नेत घाइते भएको देवले बताउनुभयो । उहाँका अनुसार दुवैजनाको टाउको,अनुहार र शरीरका अन्य भागमा समेत चोट लागेको छ ।

यस्तै केही सफाइ कर्मचारीलाई समेत चोट लागेको छ । घटनामा संलग्न दुई युवालाई पक्राउ गरी अस्पतालको सीसीटीभी फुटेजको आधारमा थप छानविन गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।