Logo जेठ ३०, २०७८ आइतबार


भूकम्पको असर : १५ घर भत्किए, चार जना घाइते

काठमाडौं । आज (बुधवार) बिहान लमजुङ जिल्लालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले १५ घर भत्किएको छ । त्यस्तै, चार जना घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि लगिएकाे प्रहरीकाे भनाइ छ ।

प्रहरीका अनुसार मर्स्याङ्दी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे घाइते भएकी छन् । अर्का दुई जना घाइतेको नाम खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालय लम्जुङका डिएसपी गंगाबहादुर थापाका अनुसार अहिलेसम्म १५ घर भत्केको जानकारी प्राप्त भएको छ। थापाका अनुसार भत्किएका सबै कच्ची घर हुन् ।

५.८ म्याग्निच्युटकाे भूकम्प गएकाे तीन घण्टापछि ८ बजेर २८ मिनेटमा दाेस्राे भूकम्प गएकाे छ ।

तस्वीर : सामाजिक सञ्जालबाट

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…