Logo जेठ ३०, २०७८ आइतबार


१ अर्बकाे ‘प्रभु सेलेक्ट फन्ड’को बिक्री आजदेखि खुला

काठमाडाैं । प्रभु क्यापिटल सामूहिक लगानी कोषअन्तर्गत पहिलो योजना प्रभु सेलेक्ट फन्डको निष्कासन तथा बिक्री बुधबार खुला हुने भएको छ। प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फन्डले प्रतिएकाइ १० रुपियाँ अङ्कित दरमा एक अर्ब बराबरको १० करोड एकाइ जारी गर्न लागेको हो।

बन्दमुखी यस योजनाले एकाइ बिक्रीबाट सङ्कलित रकमको ८० प्रतिशतदेखि शतप्रतिशतसम्म सेयरमा लगानी गर्ने जनाइएको छ।

कुल १० करोड एकाइमध्ये कोष प्रवद्र्धक प्रभु बैङ्क लिमिटेडले एक करोड ४० लाख एकाइ र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले १० लाख एकाइ गरी कुल एक करोड ५० लाख एकाइ सुरक्षित गरिएको छ। बाँकी आठ करोड ५० लाख एकाइका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले छिटोमा जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै एकाइका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा जेठ १५ गतेसम्म एकाइ बिक्री खुला रहने क्यापिटलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…