Logo जेठ ३०, २०७८ आइतबार


काठमाडाैंबाट बझाङ लगिएका खालि सिलिण्डर नेपालगञ्ज पठाउने तयारी

आशिष बहादुर सिंह
बझाङ । काठमाडौंबाट जिल्ला अस्पताल बझाङ पुर्‍याएका खालि अक्सिजन सिलिन्डर भर्न नेपालगन्ज पुर्‍याउने तयारी छ । पर्याप्त समन्वय नभएकाले सिलिन्डर भर्दै नभरी जिल्ला पुर्‍याइएको हो ।

कोभिड महामारीले जिल्लामा अक्सिजन अभाव भइरहेका बेला सांसद विकले आफ्नो जिल्लामा सात सिलिन्डर पठाएकी थिइन् ।

‘चीन सरकारले अनुदान दिएका चार सय सिलिन्डरमध्ये दाङ जिल्लाकी सांसद गंगा चौधरी र मैले सात–सात थान खालि सिलिन्डर बुझेका हौँ । मैले जिल्ला अस्पतालका डाक्टर सन्दीप ओखेडासँग परामर्श गरी सिलिन्डर जिल्लामा पठाएकी हुँ’ सांसद आशा विकले भनिन् ।

जिल्ला अस्पतालका डाक्टर सन्दीप ओखेडाले पनि सांसद विक र आफूबीच टेलिफोनमा संवाद भएपछि खालि सिलिन्डर भए पनि जिल्लामा पठाउन आग्रह गरेको बताएका छन् । उनले भने, ‘सिलिन्डर आएका छन् । अब एक/दुई दिनमै भर्नका लागि नेपालगन्ज पठाउने तयारी छ ।’

यसरी काठमाडौंबाट नेपालगन्ज हुँदै ४८ घन्टापछि बझाङ पुगेका सिलिन्डर फेरि एक दिनको बाटो गाडीमा ढुवानी गरेर नेपालगन्ज पठाउने तयारी भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…