Logo जेठ ३०, २०७८ आइतबार


यस वर्ष विद्यालयमा वार्षिक परीक्षा नहुने, नतिजा आन्तरिक मूल्यांकनका आधारमा

काठमाडौं। पोखराका विद्यालयमा यस वर्ष वार्षिक परीक्षा नहुने भएको छ ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाले सूचना प्रकाशन गरेर कोरोना भाइरसको दोस्रो भेरियन्टको महामारीका कारण भौतिकरुपमा परीक्षा सञ्चालन गर्न असम्भव भएकाले महानगर अन्तर्गतका विद्यालयहरुमा वार्षिक परीक्षा सञ्चालन नगर्ने निर्णय गरेको हो ।

यसअघि सञ्चालन भएका त्रैमासिक, अर्धवार्षिक परीक्षा एवं आन्तरिक मूल्यांकनका आधारमा मूल्यांकन गरी नतिजा प्रकाशन गर्न पनि विद्यालयहरुलाई महानगरले निर्देशन गरेको छ ।

पोखराका अधिकांश निजी विद्यालयले भने निषेधाज्ञा जारीअगावै वार्षिक परीक्षा सञ्चालन गरिसकेका छन् ।

महानगरले शैक्षिक सत्र २०७८ को विद्यार्थी भर्नासम्बन्धी कार्य आगामी असार १ गतेदेखि मात्र शुरु हुने गरी निर्णय भएकाले सोहीबमोजिम गर्न विद्यालयका नाममा सूचनासमेत जारी गरेको छ ।

कक्षा ८ को वार्षिक परीक्षाका सम्बन्धमा भने नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णयअनुसार हुने गरी अर्को सूचना प्रकाशन गरिने शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।