Logo जेठ ३०, २०७८ आइतबार


अन्यौलका बीच आगामी आर्थिक वर्षको लागि बजेटको मस्यौदा तयार, के के छन् विशेषता ?

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको लागि बजेटको मस्यौदा (ड्राफ्ट) तयार गरेको छ । बजेट लेखन कार्यदलले मस्यौदा लेखनकार्य सकेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

कोभिड–१९ को दोस्रो लहरले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या र निषेधाज्ञाले गर्दा अर्थतन्त्रमा परेको प्रभावबीच कस्तो बजेट आउला भन्नेमा सबैको चासो छ । स्वास्थ्य मन्त्रालयले यस पटक स्वास्थ्य क्षेत्रका लागि मात्रै झण्डै एक खर्ब रुपैयाँ बजेट आवश्यक पर्ने जानकारी अर्थलाई गराएको छ ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसै अनुरुप मन्त्रालयको बजेट लेखन कार्यदलले मस्यौदा लेखन कार्य सकाएको हो ।

बजेट प्रस्तुत गर्ने दिन नजिकिए पनि अझैसम्म संसद्को बजेट अधिवेशन आह्वान भएको छैन । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विश्वासको मत लिन बाँकी छ । विश्वासको मत नलिइ सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने पूर्व अर्थमन्त्री डा रामशहरण महत लगायतले सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।

त्यसैले जेठ १५ मा बजेट ल्याउनुअघि नै सरकारले संसद्मा विश्वासको मत लिने तयारी गरेको चर्चा चलिरहेको छ । सरकारले विश्वासको मत पाउन नसके संसद्बाटबाटै बजेट ल्याउँछन् अथवा अध्यादेशमार्फत बजेट आउने हो भन्ने विषय अहिले अन्योलमा नै रहेको छ ।

तर प्रधानमन्त्री ओलीले भने यसअघि नै संसद् जिउँदै रहेकोले संसदबाटै बजेट आउने जानकारी दिनुभउको छ ।

तर, अहिलेसम्म सरकारको नीति तथा कार्यक्रम नआएकोले बजेटको कार्यदिशा कस्तो हुन्छ भन्ने अनुमान लगाउने सकिने अवस्था छैन । राजनीतिक उतार–चढावले गर्दा आगामी आर्थिक वर्षको बजेट नै प्रभावित बन्ने अवस्था आएको छ ।

मंगलबार मात्रै नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको समीक्षाले अहिलेको स्वस्थ्य समस्या र उद्योगी–व्यवसायीलाई राहत दिने बजेट आउने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।