Logo जेठ ३०, २०७८ आइतबार


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जहाज उडान र अवतरणका लागि तयार

काठमाडौं । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जहाज उडान र अवतरणका लागि तयार भएको छ ।

विमानस्थलको टावर, धावनमार्ग लगायतका क्षेत्रमा आवश्यक सबै विद्युतीय उपकरण जडान गर्ने काम चैत दोस्रो सातामै सम्पन्न भइसकेको हो । विमानस्थल ‘क्यालिब्रेसन फ्लाइट’का लागि तयार भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना आईसीबी–टुका प्रमुख प्रवीण न्यौपानेले बताउनुभयो ।

‘क्यालिब्रेसन फ्लाइट’ भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै उडानसम्बन्धी अन्य कार्य निर्देशन गर्ने धावनमार्ग, टावर लगायतका क्षेत्रमा जडान भएका उपकरणको परीक्षण हो ।

यसअघि नै परीक्षण गर्ने तयारी गरिएको भए पनि कोरोना महामारीका कारण प्रभावित भएको थियो । स्थिति सहज हुने बित्तिकै जहाज नै उडान र अवतरण गरेर ‘क्यालिब्रेसन फ्लाइट’ गरिने न्यौपानेले जानकारी दिनुभयो ।

विमानस्थलको निर्माण चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले गरिरहेको छ । कोरोना भाइरस संक्रमणका बीच पनि स्वदेशी र विदेशी गरी १२० कामदारले विमानस्थलमा काम गरिरहेका छन्।

आयोजनाको कूल लागत छ अर्ब २२ करोड ५१ लाख २० हजार १२८ रुपैयाँ रहेको छ ।

निर्माण पूरा भएर उडानयोग्य भए पनि विमानस्थल कहिलेदेखि सञ्चालनमा आउछ भन्ने भने अनिश्चित छ ।

विमानस्थल सञ्चालन गर्नका लागि आवश्यक सुविधा, सुरक्षा, दिइने सेवा, कर्मचारी जनशक्ति परिचालन, वायुसेवा कम्पनीको काउन्टर, अध्यागमन, क्याटरीङ, फ्युलिङ र ग्राउण्ड ह्याण्डलिङ लगायतका कुराको अझै पूरा प्रबन्ध हुन बाँकी नै छ।

नागरिक उड्डयन प्राधिकरणले नियुक्त गरेको प्रतापबाबु तिवारीले विमानस्थल सञ्चालन तयारी कार्यदल संयोजकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…