Logo जेठ ३०, २०७८ आइतबार


कोरोनाविरुद्ध अन्तर्राष्ट्रिय हातेमालो : आउन थाल्यो स्वास्थ्य सामग्री

काठमाडाैं । कोरोना (कोभिड–१९) महामारीसँग लडाइँमा सहयोग गर्दै नेपाललाई विभिन्न मित्रराष्ट्रले पठाएका थप स्वास्थ्य सहयोग आउने क्रम शुरू भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान र परराष्ट्र मन्त्रालयले गरेको निरन्तर पहल स्वरूप ती स्वास्थ्य सहयोग धमाधम नेपाल भित्रिन थालेको हो ।

सोही पहलअनुसार केही दिनअघि मध्यपूर्वको ओमनबाट सहयोग सामग्री आइसकेको छ । जसअनुसार बिहीवार पहिलो खेपको सामग्री स्पेन सरकारले पठाउँदैछ ।

बुधवार पनि युरोपियन युनियन र स्पेनले नेपाल सरकारलाई कोरोना महामारीसँग लड्नका लागि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र युरोपियन युनियन तथा स्पेनका विदेश एवं सहयोग मन्त्रालयका मन्त्री तथा स्पेनका सहयोग मन्त्री अरन्चा गोञ्जालेज लायाबीच बुधवार भएको टेलिफोन वार्तामा सो प्रतिबद्धता आएको हो ।

वार्ताका क्रममा नेपाल र युरोपियन युनियन तथा स्पेनका सम्बन्धका विविध पक्ष र सहयोग आदान–प्रदानका विषयमा थप छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवालीले सहयोगका लागि धन्यवाद प्रकट गरे ।

विदेशमन्त्री गोञ्जालेज लायाले नेपालमा रहेका स्पेनी नागरिकलाई फिर्ता पठाउनका लागि सहयोग गरेकोमा धन्यवाद दिए । उनले द्विपक्षीय तथा अन्य विभिन्न माध्यमबाट नेपाललाई निरन्तर सहयोग गर्ने आश्वासन दिए।

यसैबीच स्पेन सरकारले नेपाललाई अत्यावश्यकीय चिकित्सा सामग्री बिहीवार पठाउँदैछ ।

चार्टर्ड विमानमार्फत स्पेन सरकारले पठाउने ती सामग्री बिहीवार अपरान्ह नेपाल भित्रने परराष्ट्र मन्त्रालयले जनाएको छ । ती सामग्रीमा भेन्टिलेटर, अक्सिजन कन्ट्रयाक्टर र पीपीई लगायतका सामग्री रहेका छन् ।

स्पेनी एजेन्सीका अन्तर्राष्ट्रिय विकास सहयोगका निर्देशक म्याग्डी मार्टिनेज सोलिम्यानले सो सामग्री स्पेन सरकारका तर्फबाट नेपालका स्वास्थ्य मन्त्रीलाई हस्तान्तरण गर्नेछन्।

मन्त्रालयका युरोप अमेरिका महाशाखाका प्रमुख निर्मल काफ्लेले अमेरिका र युरोपका अरू मुलुकलेसमेत यथाशीघ्र नेपालमा स्वास्थ्य सामग्री पठाउने प्रक्रिया थालेको जानकारी दिँदै जर्मनी, स्विजरल्यान्ड, क्यानडाबाट पनि सहयोग सामग्रीका लागि प्रक्रिया र छलफल चलिरहेको जानकारी दिए ।

गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकाे समाचार अनुसार मध्यपूर्वका विभिन्न मुलुकले पनि नेपालका लागि आवश्यक स्वास्थ्य सहयोग दिने भएको छ ।

परराष्ट्र मन्त्रालयका मध्यपूर्व महाशाखाका प्रमुख हरिश्चन्द्र घिमिरेले सोहीअनुसार पहल र प्रक्रिया अगाडि बढेको जानकारी दिँदै अहिले त्यस क्षेत्रका अधिकांश देशमा इद पर्व चलिरहेकाले केही ढिलाइ भएको र तर छिट्टै नै मध्यपूर्वका नेपालका मित्र राष्ट्रले स्वास्थ्य सहयोग पठाउने प्रतिबद्धता आइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…