Logo जेठ ३०, २०७८ आइतबार


राष्ट्रियसभा सदस्य उपनिर्वाचन, मतदान जारी(फाेटाेफिचर)

पुष्पराज अधिकारी
हेटौँडा । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा मतदान जारी छ । बिहान ९ बजे वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरेर मतदान प्रक्रिया शुरु गर्नुभएको हो ।

मुख्यमन्त्री पाैडेलसँगै मन्त्रीहरु, पूर्व मन्त्री, प्रदेश सभा सदस्यहरु तथा स्थानीय तहका प्रमुख उपप्रमुखहरु मतदानका लागि लामवद्ध हुनुभएको छ ।

हेटौंडाको भूटनदेवी माध्यमिक विद्यालयमा निर्धारण गरिएको निर्वाचन केन्द्रमा प्रदेश सभा सदस्यका लागि उपकेन्द्र (क), स्थानीय तहका प्रमुख उपप्रमुखका लागि (ख) र कोरोना सङ्क्रमित मतदाताका लागि (ग) गरी तीनवटा उपकेन्द्र निर्धारण गरिएको छ ।

निर्वाचनमा प्रदेश सभा सदस्यहरु एकसय १० जनामध्ये एकसय ९ जना र स्थानीय तहका दुई सय ३८ जना गरी जम्मा तीनसय ४७ जना मतदाता रहेका छन् ।

प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रतिनिधिको मतभार १८ रहने व्यवस्था छ ।

उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायत कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…