Logo जेठ ३०, २०७८ आइतबार


राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी

काठमाडौं । राष्ट्रियसभा सदस्यमा डा खिमलाल देवकोटा विजयी हुनुभएको छ ।

विहीवार भएको उपनिर्वाचनमा निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै देवकोटा राष्ट्रियसभा सदस्यमा विजयी हुनुभएको हो । देवकोटाले कुल ५०८८ मतभारसहित विजय हासिल गर्नुभएको हो । बादलले ४०१४ मतभार पाउनुभएको छ ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहले समर्थन गरेको थियो ।

राष्ट्रियसभा सदस्यमा पराजित थापा यसअघि विहीवार नै सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्रीबाट पदमुक्त हुनुभएको थियो ।

फाइल फोटो

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…