Logo असार १, २०७८ मंगलबार


बेलायतको बार्नेट बरो र पोखराबीच भगिनी सम्बन्ध स्थापना

काठमाडाैं । बेलायतको लण्डन शहरमा पर्ने बार्नेट बरो काउन्सिल र पोखराबीच भगिनी सम्बन्ध स्थापनाको अवसरमा मङ्गलबार बार्नेट बरो काउन्सिलमा एक कार्यक्रम सम्पन्न भएको छ । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र बार्नेटकी मेयर डा क्यारोलिन स्टकबीच एक सम्झौतापत्रमा हस्ताक्षर गरी औपचारिकता दिइएको थियो । कार्यक्रममा बोल्दै राजदूत रेग्मीले यस सम्बन्धले नेपालसँग सांस्कृतिक, आर्थिक र थप नजिकको सम्बन्ध स्थापना गर्ने बताउनुभयो ।

बार्नेट बरोका उपमेयर लक्ष्य गुरुङको विशेष पहलमा जोडिएको उक्त भगिनी सम्बन्ध समारोह कार्यक्रममा बोल्दै मेयर क्यारोलिनले यस बरोमा रहेका नेपालीले यहाँको आर्थिक, सामाजिक एवं सबै क्षेत्रमा सहयोग गर्दै आइरहेको र अब बनेको यो सम्बन्धले नेपालमा पनि सोहीअनुरूप सबै क्षेत्रमा टेवा पुग्ने बताउनुभयो । लामो समयदेखि नेपालसँग कुनै न कुनै रूपमा यो ठाउँलाई जोड्न खोजिरहेको सन्दर्भमा अहिले उपयुक्त समय आएको र यसले नेपालमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उपमेयरको भनाइ थियो ।

कार्यक्रममा एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङ, नेपाली समुदायमा परिचित समाजसेवी सूर्य गुरुङको समेत उपस्थिति थियो । बेलायतमा लामो समय बस्दै आउनुभएका गुरुङ आफू पनि पोखरावासी नै भएको र आज यस सम्बन्ध स्थापना हुँदा एकदम खुशी लागेको बताउनुभयो । पोखराजस्तै देशका अन्य ठाउँसँग पनि बेलायतका विभिन्न ठाउँलाई जोड्न सके बेलायत र हाम्रोबीचको लामो सम्बन्धलाई थप बलियो बनाउने समाजसेवी गुरुङको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…